Breaking News

शिक्षामा प्रविधिको समावेशीकरणका लागि महेन्द्रनगरमा ऐतिहासिक छलफल

कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा ‘एड-टेक राउन्ड टेबल’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेपालको शिक्षा प्रणालीमा प्रविधि समावेशीकरण गर्ने उद्देश्यसहित नोट स्विफ्ट प्रालिको आयोजनामा ‘एड-टेक राउन्ड टेबल’ कार्यक्रममा सम्पन्न गरिएको हो। “फर दि फ्युचर अफ एजुकेसन इन नेपाल” भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखा प्रतिनिधि राम दत्त भट्ट, सार्क एजुकेसन फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयकी उप-प्राध्यापक निशा भट्ट, वेदा एपका प्रमुख कार्यकारी अधिकृत निर्देशक, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथ साथै नोट स्विफ्ट प्रालिका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत विकास पाण्डेय लगायतका प्रतिष्ठित व्यक्तित्वहरू वक्ताका रूपमा सहभागी हुनुभएको थियो। नोट स्विफ्ट प्रालिका सीईओ विशाल भट्टको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा ग्रामीण शिक्षा प्रणालीमा विद्यमान चुनौतीहरूको पहिचान गर्दै प्रविधिमैत्री समाधानहरूबारे गहन छलफल गरिएको थियो। वक्ताहरूले डिजिटल प्रविधिको प्रयोगमार्फत शिक्षा प्रणालीमा गुणात्मक सुधार ल्याउन सकिने विषयमा आ-आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। विशेषतः नेपालका दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई प्रविधिको सहायताले कसरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीय भएको थियो।

कार्यक्रममा बोल्दै नोट स्विफ्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत विकास पाण्डेयले ग्रामीण नेपालमा शिक्षाको पहुँच र गुणस्तर सुधार गर्नु प्रालिको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यसका लागि एड-टेक समाधानहरूलाई नीति निर्माणमा समावेश गर्नुपर्छ।”

कार्यक्रमबाट प्राप्त सुझाव, निष्कर्ष, र छलफलहरू समेटिएको विस्तृत प्रतिवेदन चाँडै नीति निर्माताहरू समक्ष पेश गरिने तथा डिजिटल शिक्षाको प्रवर्द्धनका लागि कार्ययोजनाहरूको निर्माण गरिने जानकारी समेत आयोजक संस्थाले दिएको छ।

नोट स्विफ्ट प्रालिले डिजिटल शिक्षा, कृत्रिम बुद्धिमत्ता र प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

About Surendra Jairu

Check Also

चौधर जलाधारमा जलवायु जोखिम न्यूनीकरणको दिशामा स्थानीय पूर्वकार्य प्रणालीको ऐतिहासिक सुरूवात

कञ्चनपुरः जलवायु परिवर्तनको बढ्दो चुनौतीहरूसँग जुध्न र स्थानीय समुदायलाई थप सुरक्षित एवम् सक्षम बनाउन कञ्चनपुरको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *