Breaking News

पोखरा—लुम्बिनीको खेलमा बने एनपिएलका नयाँ रेकर्ड

6 Dec 2024, काठमाण्डौ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएर पहिलो जित हात पार्दा केही रेकर्डहरू पनि बनेका छन् । एन्ड्रेस गाउस एनपिएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ५४ बलमा १२ चौका र ५ छक्कासहित १०० रन बनाए । १०० रन जोड्ने क्रममा उनले सर्वाधिक छिटो अर्धशतक पनि बनाए । उनले २० बलमा अर्धशतक पूरा गरे । गाउस र दिनेश खरेलले सर्वाधिक रनको साझेदारी पनि बनाए । उनीहरूले पहिलो विकेटको लागि अविजित १७० रनको साझेदारी गरे। यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरेले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि अविजित १ सय १६ रनको साझेदारी गरेका थिए । साथै जारी एनपिएलमा विकेटको आधारमा १० विकेटको जित सर्वाधिक अन्तरको जित पनि बनेको छ ।

About globalgorkhatimes.com

Check Also

नेपाल पत्रकार महासंघ निर्वाचन : अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाण्डौ, 6 डिसेम्बर 2024 नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयन गर्न शुक्रबार मनोनयन दर्ता भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *