Breaking News

कुष्ठरोग रोकथाम अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण

कैलालीः कैलाली जिल्लामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। कैलालीको भजनी नगरपालिका र जानकी गाउँपालिकामा ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको हो। एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोग तथा पालिकाको आयोजनामा  स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको हो। दुवै पालिकामा दशैँ सकिएलगत्तै कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालन हुनेछ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै कुष्ठरोग रोकथाम परियोजनाका संयोजक राजिब अवस्थीले कुष्ठरोग रोकथाम कार्यक्रमको प्रक्रियाबारे जानकारी र नयाँ रोग पहिचानका लागि प्रभावकारी स्क्रीनिङ्को सिकाईका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको बताए। उनले पालिकाको नेतृत्वमा सञ्चालन हुने यस कार्यक्रमबाट समाजमा लुकेर बसेका रोग पहिचान हुने साथै लक्षण चिन्ह नदेखिएका व्यक्तिहरूलाई एक खुराक रिपाम्पिसिन खुवाएर कुष्ठरोगको संक्रमण रोकिने विश्वास व्यक्त गरे।

कार्यक्रमक्रमा बोल्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले कुनै पनि रोग निवारण गर्नु पालिकाको प्रमुख दायित्व भएको बताए। उनले कुष्ठरोग प्रतिको नकारात्मक धारणाको अन्त्य गर्नुपर्ने बताए। उनले कुष्ठरोग प्रभावित व्यक्तिहरू समाजमा खुलेर आए कुष्ठरोग निवारणमा सहजता हुने भएकोले भेदभाव रहितको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए। उनले यस कार्यक्रमले कुष्ठरोग निवारणमा महत्त्वपूर्ण भुमिका खेल्ने तर्क गरे।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले कैलाली जिल्लालाई कुष्ठरोग मुक्त जिल्ला बनाउनमा लागि पर्न सबैलाई आग्रह गरे। उनले यस अभियानमा स्वास्थ्य कार्यालय कैलाली, सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालय सधैँ साथमा रहेको बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका क्षय तथा कुष्ठरोग अधिकृत मनोज ओझाले स्वास्थ्यकर्मीहरूलाई ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि अभिमुखीकरण गरेका थिए। कार्यक्रममा दुवै पालिकाका स्वास्थ्य संयोजक, एनएलआर नेपाल तथा एनएनएसडब्ल्यूएको टीम, जनप्रतिनिधि र विभिन्न स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

About Surendra Jairu

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *