Breaking News

‘युक्रेनको युद्ध अन्त्य गर्न चाहन्छौँ’: पुटिन

नयाँ दिल्लीः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध अन्त्य गर्न चाहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरूले युक्रेनमा जारी युद्ध अन्त्य गर्न चाहेको बताएका हुन्।

यस क्रममा उनले युक्रेनमा जारी रुस र युक्रेनको युद्धलाई ‘पश्चिमा र यसका स्याटलाइटहरूद्वारा जारी युद्ध’ भएको संज्ञा दिएका थिए। दक्षिण अफ्रिकामा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी नभएका उनले भिडियो सन्देशमार्फत सम्बोधन गरेका थिए।

भिडियो सम्बोधनको क्रममा पुटिनले अमेरिकालाई लक्षित गर्दै युक्रेनको युद्धका लागि पश्चिमलाई आरोप समेत लगाएका थिए।

About Surendra Jairu

Leave a Reply

Your email address will not be published. Required fields are marked *