Breaking News

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको छैटौं महाधिवेशन काठमाडौंमा सम्पन्न, अध्यक्षमा रेग्मी

15 सेप्टेम्बर 2024

काठमाडौं : विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्न, नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय संजालहरू स्थापना गर्न, रक्तदानको महत्वका बारे चेतना जगाउन, नियमित रक्तदाताहरुको संख्या बढाउन, नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई विभिन्न सहयोगि निकाय तथा संघसँस्थाहरुको सहयोगमा प्रभाबकारी बनाउन र नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने उद्देश्य बोकेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले छैटौं महाधिवेशन शनिबार काठमाडौंको सिद्धार्थ फूडल्याण्डमा सम्पन्न गरेको छ । महाधिवेशनले राहुल रेग्मीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ ।

यसैगरी निबर्तमान अध्यक्षमा अजय सत्याल (अमेरिका), उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडा) र डा. मनिता राजकर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार) र कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ (युएई), मिडिया संयोजकमा रामराज ओली (न्यूजिल्याण्ड) चयन भएका छन् । यसैगरी केन्द्रिय सदस्यहरमा केदार तिमिल्सिना (अमेरिका), मञ्जु कर्माचार्य (युके), सुरेश गौतम (क्यानडा), रामजी खत्री (कतार), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र विक्रम हमाल (कुवेत), राजन काफ्ले (आयरल्याण्ड), दिपक श्रेष्ठ (ओमान), नवराज बस्नेत (नेपाल), कमान सिंह खत्री (सेशेल्स), नबिन गौतम (अस्ट्रेलिया), वीरेन्द्र श्रेष्ठ (स्पेन), सोमेस अर्याल (नाइजेरिया), बर्षा छेत्री (युगान्डा), नागेन्द्र जोशी (भारत), चन्दन भण्डारी (पोर्चुगल), भीमसेन थापा (दक्षिण कोरिया), गजन अधिकारी (यूएई), विकास सुवेदी (घाना), ज्योत्स्ना उपाध्याय (अमेरिका) र शेरब नामग्याल लामा गुरुङ (डेनमार्क) रहेका छन् । २९ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

स्टार अस्पताल लिमिटेड का अध्यक्ष किशोर कुमार महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व अर्थ सचिब सुमन शर्मा, पूर्व सचिब धरा सापकोटा, केन्द्रिय रक्तसंचार सेवा का निर्दशक पवन कुमार गुप्ता, ब्लोदान का अध्यक्ष राजेश श्रेष्ठ, नेपाल स्वयंसेवी रक्तदाता समाज का अध्यक्ष तथा नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेम सागर कर्माचार्य, टीयू लायन्स ब्लड ट्रान्सफ्युजन एन रिसर्च सेन्टर का अध्यक्ष रुद्रहरि ज्ञवाली, वरिष्ठ अधिवक्ता एंव संविधानबिद दिनेश त्रिपाठी, सर्वाधिक स्वयंसेवी महिला रक्तदाता निता घिरैया, गोयलापानी समाज का उपाध्यक्ष प्रेमभक्त रेग्मी, गैरआवासीय नेपाली संघ का प्रतीनिधी कुनाल मिश्र लगायत रहेका थिए ।

प्रमुख अतिथी महर्जनले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान महादान भएको भन्दै नेपालमा अझै यसको जनचेतना जगाउन जरुरी भएको जिकीर गरे । रक्तदानको जनमानसमा स्वतस्फूर्त रुपमा भावना आउनुपर्ने भन्दै उनले स्टार अस्पातलले आफ्नै ब्लड बैंक संचालन गरी दिनहु बिरामीलाई रगत उपलब्ध गराउन्दै आईरहेको र अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ सँग आफुले र स्टार अस्पतालले सह्कार्य गर्न पाउदा ज्यादै खुशी भएको ब्यक्त गरे । उनले रक्तदान जस्तो महादानमा लागेको सम्पूर्ण रक्तदाताहरु धन्यवादको पात्र रहेको समेत जनाए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राहुल रेग्मीले संघ रक्तदान सम्बन्धी जनचेतना जगाई यसमा सरिक हुन प्रेरित गर्ने अन्तर्राष्ट्रिय संस्था रहेको र यसले अहिलेसम्म २१ देशमा आफ्नो भगिनी संस्थाहरु विस्तार गर्न सफल भएको र ३२ बढी देशमा यस्ता गतिविधिहरु भइरहेको समेत जानकारी दिए । उनले जहाँ जहाँ जुन जुन देशमा नेपालीहरु पुगेका छन् त्यहाँ रक्तदानसम्बन्धी जनचेतना जगाई सोही स्थानमा रक्तदानमा सरिक गराउने काममा संघले काम गरिरहेको जनाए । उनले आफ्नो आगामी कार्ययोजनाहरुका बारेमा समेत जानकारी गराएका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य बिनोद भट्टराईले राखेका थिए भने संस्थाको सांगठनीक तथा आर्थिक प्रतिबेदन राहुल रेग्मीले प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ का उपाध्यक्ष, बिज्ञ तथा केन्द्रिय रक्तसंचार सेवा का पूर्व निर्दशक डा. मनिता राजकर्णिकारले नेपालमा रक्तदान क्षेत्रको योगदान, महत्व, बर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षहरुका बारेमा प्रस्तुति राख्नु भएको थियो ।

About globalgorkhatimes.com

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *