Breaking News

नेपाली राजदूतावास दिल्लीमा भगवान राम-सीताको स्वयम्वर, नेपाल-भारतको सांस्कृतिक सम्बन्ध दर्शाइयो

नयाँ दिल्ली, 24 सेप्टेम्बर 2024

भारत नेपालको मजबुत धार्मिक/सांस्कृतिक सम्बन्ध दर्शाउन सोमबार दिल्लीस्थित नेपाली राजदूतावासमा मर्यादा पुरुषोत्तम श्रीराम र माता सिताको स्वयम्वरको नाटक मंचन गरिएको छ। दिल्लीको प्रसिद्ध रामायण नाटक मंचन गर्ने संस्था श्री धार्मिक लीला कमेटीले सयौं भारत-नेपाल तथा विदेशी पाहुनाको उपस्थितिमा नेपालको जनकपुरमा भएको श्रीराम सीताको स्वयम्वर नाटकका रुपमा मंचन गरेका हुन । समारोहमा भारतका पूर्व गृहमन्त्री डा. मुरली मनोहर जोशी प्रमुख अतिथि र भाजपा नेतृ एवं पूर्व विदेश राज्यमन्त्री मिनाक्षी लेखी, राजस्थानका विधानसभा अध्यक्ष वासुदेव देवनानी, भाजपा नेता एवं पूर्व केन्द्रीय मन्त्री शाहनावाज हुसैन लगायत विशिष्ट अतिथिका रुपमा उपस्थित रहेका थिए । कार्यक्रममा भारतस्थित कयौं देशका राजदूत एवं नियोग उप प्रमुख लगायतका कुटनीतिज्ञहरुको उपस्थिती रहेको थियो। झण्डै आधा घन्टा चलेको रामायणको महत्त्वपूर्ण अंश श्रीराम-सीताको स्वयम्वरको पौराणिक घटनालाई रामलीला कमेटीका कलाकारहरुले प्रस्तुत गरेका थिए। समारोहपछी हामीसँग कुरा गर्दै नेपाली राजदूतावासका कार्यवाहक राजदूत डा सुरेन्द्र थापाले सीता बिना रामायण र राम अधुरो हुने सन्देश दिन एवं राम र सीता एक अर्काको परिपूरक भएजस्तै हाम्रो सांस्कृतिक सम्बन्ध पनि एक अर्काको परिपूरक हुन भन्ने सन्देश भारतीय एंव विदेशीहरुलाई दिनका लागि कार्यक्रम गरिएको बताउनुभयो । उहाँले नेपालको भूमि जनकपुरमा भएको राम-सीताको स्वयम्बरलाई नेपाली राजदूतावासले दिल्लीस्थित आफ्नै भूमिमा देखाएको र यसले नेपाली राजदूतावासले लिएको उद्धेश्य पुरा भएको पनि बताउनुभयो ।

समारोहका क्रममा बोल्दै डा मुरली मनोहर जोशीले नेपाल भारत भन्दा अलग राज्य भएपनि अलग राष्ट्र भने नभएको भन्दै भारत-नेपालको सम्बन्ध राम र सीताको जस्तै भएको बताउनुभयो । उहाँले आफुलाई नेपाल आफ्नो अर्को घर जस्तै लाग्ने गरेको बताउनुभयो । त्यसैगरी भाजपा नेतृ एवं पूर्व विदेश राज्यमन्त्री मिनाक्षी लेखीले भारत नेपालको सम्बन्ध सरकार र कर्मचारीतन्त्रभन्दा माथि हृदयको सम्बन्ध भएको यसलाई भगवान राम र सीताले बनाएको र दुई देशबीचको सम्बन्धलाई कसैले जतिसुकै प्रयास गरेपनि खराब गर्न नसक्ने बताउनुभयो । समारोहमा बोल्दै भारतका प्रसिद्ध हास्य कवि डाक्टर सुरेन्द्र शर्माले नेपाल देश भारत भन्दा पुरानो देश भएको भन्दै श्रीराम भन्दा धेरै योगदान सीताको भएको भन्दै नेपालको प्रसंशा गरेका थिए ।

प्रवासी नेपाली, कयौं देशका राजदूत एंव भारतका अतिथिहरु उपस्थित रहेको यो कार्यक्रम सांस्कृतिक सम्बन्ध बढाउनका लागि महत्वपूर्ण भएको र हरेक वर्ष यस प्रकारका कार्यक्रम आयोजना गरिनुपर्ने बताएका थिए ।

About globalgorkhatimes.com

Check Also

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको छैटौं महाधिवेशन काठमाडौंमा सम्पन्न, अध्यक्षमा रेग्मी

15 सेप्टेम्बर 2024 काठमाडौं : विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *