Breaking News

बलात्कार मुद्दामा अमेरिकी अभिनेता मास्टरसनलाई ३० वर्ष जेल

नयाँ दिल्लीः अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ। उनलाई दुई महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको हो। मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीन वटा छुट्टाछुट्टै मुद्दामा अभियोग लगाइएको थियो। लस एन्जलिसको अदालतमा बुधबार भएको सुनुवाइमा न्यायाधीशले अभिनेतालाई दुई वटा मुद्दामा दोषी ठहर गरेको हो। तर, तेस्रो मुद्दामा भने कुनै निष्कर्षमा पुग्न सकिएन।

चर्च अफ साइन्टोलोजीका पूर्व सदस्य रहेका तीन महिलाले मास्टरसनमाथि सन् २००१ र २००३ बीच आफ्नो हलिउड हिल्सको घरमा बलात्कार गरेको आरोप लगाएका थिए। यसअघि जुन २०२३ मा यस मुद्दाको सुनुवाइपछि प्रहरीले ड्यानी मास्टरसनलाई हिरासतमा लिएको थियो। पीडितहरूले मास्टरसनलाई आफ्नो पेय पदार्थ मिसाएर बलात्कार गरेको आरोप लगाए। यसै क्रममा अभिनेताका वकिलले भने अभिनेता र महिलाबीचको सबै कुरा सहमतिमा भएको दाबी गरेका थिए।

 

About Surendra Jairu

Leave a Reply

Your email address will not be published. Required fields are marked *