Breaking News

कैलालीको भजनीमा ‘SAAN’ परियोजना शुभारम्भ: विपद् व्यवस्थापनका लागि पूर्वानुमान, पूर्वकार्य र प्रतिकार्यमा जोड

कैलालीः कैलालीको भजनी नगरपालिकामा नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN) परियोजनाको शुभारम्भ गरिएको छ। मर्सिकोर नेपालको प्राविधिक सहयोग तथा कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) द्वारा यो परियोजना सुरू गरिएको हो। भजनी नगपालिकाको सभा हलमा प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको परियोजनाको औपचारिक शुभारम्भ कार्यक्रममा सम्पूर्ण वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू, नगरपालिकाका शाखा प्रमुखहरू र विभिन्न संघ-संस्थाका प्रतिनिधि सहित २२ जनाको सहभागिता रहेको थियो।

SAAN परियोजनाका कार्यक्रम संयोजक देवराज बडुले राष्ट्रिय तथा प्रदेश स्तरको सूचना प्रणालीलाई सुधार गरि पूर्वानुमानमा आधारित प्रारम्भिक सूचना प्रणालीको पहुँच र प्रयोग सुदृढ पार्ने उद्देश्य सहित परियोजना सुरू गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो परियोजना लक्ष्य नवीन ढङ्गले जोखिम सम्बन्धी जानकारीहरूको आदान-प्रदान गर्दै समुदायस्तरमा पूर्वतयारी क्षमता अभिवृद्धि र सहभागितामा आधारित विपद् जोखिम न्यूनीकरणका उपायहरू लागु गर्ने रहेको छ।”

“स्थानीय सरकारको पूर्वानुमान कार्यलाई एकीकृत गर्दै सूचना प्रणालीमा सुधार गरिनेछ र वित्तीय संयन्त्रहरूलाई नवप्रवर्तनशील, सक्षम र सुदृढ बनाइनेछ, संयोजक बडुले भन्नुभयो।”

जोखिम आधारित योजना निर्माण, जोखिम हस्तान्तरण र बीमा योजनाको कार्यान्वयनमार्फत समुदायको दिगो विपद्‌ तयारी तथा सामाजिक सुरक्षाको स्तर उकास्ने उद्देश्य परियोजनाको रहेको छ। यो परियोजनाले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली जिल्लाको भजनी नगरपालिका र चुरे गाउँपालिका त्यस्तै कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका र लालझाडी गाँपालिकामा कार्यक्रमहरू सञ्चालन गर्नेछ।

उक्त प्रारम्भिक बैठकमा आगामी क्रियाकलापहरूका लागि परियोजना तथा स्थानीय सरकारले संयुक्त रूपमा सहकार्य गर्दै परियोजनालाई सफल बनाउन तथा यस पालिकामा जोखिममा रहेका व्यक्तिहरूको लागि पूर्वानुमानमा आधारित प्रतिकार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहमत भएको छ। दुवै पक्षले आगामी दिनमा बीमा प्रिमियमसम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्नु पर्ने साथै बीमाको साथ-साथै पूर्वानुमानमा आधारित प्रारम्भिक क्रियाकलापलाई सहज बनाउनका लागि मानक कार्यविधिहरू र प्रारम्भिक कार्य प्रोटोकल लाई समावेश गरि स्थानीय तहको विपद् जोखिम व्यवस्थापन योजना, राहत मापदण्ड तथा कार्यविधिको विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसैगरी, वर्षा मापन केन्द्र स्थापना गर्नुपर्ने, ‘थ्रेशहोल्ड’ निर्धारणसहितको अध्ययन गर्नुपर्ने, थप गेज स्टेसनहरू राख्नुपर्ने, राहत वितरणभन्दा पनि पूर्वानुमान, पूर्वकार्य र प्रतिकार्यलाई प्राथमिकता दिई काम गर्नुपर्ने तथा पालिकामा सायरनहरू थप गर्ने र दुवै पक्ष मिलेर सहकार्यमा कार्य अघि बढाउने प्रतिबद्धता जनाइएको छ।

About Surendra Jairu

Check Also

चौधर जलाधारमा जलवायु जोखिम न्यूनीकरणको दिशामा स्थानीय पूर्वकार्य प्रणालीको ऐतिहासिक सुरूवात

कञ्चनपुरः जलवायु परिवर्तनको बढ्दो चुनौतीहरूसँग जुध्न र स्थानीय समुदायलाई थप सुरक्षित एवम् सक्षम बनाउन कञ्चनपुरको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *