Breaking News

दोधारा–चाँदनी क्षेत्रका विद्यार्थीका लागि सार्क एजुकेसन फाउन्डेसनको नयाँ बस सेवा सुरु

कञ्चनपुरः कञ्चनपुरको प्रतिष्ठित शैक्षिक संस्था सार्क एजुकेसन फाउन्डेसनले यस शैक्षिक सत्र २०८२ देखि दोधारा–चाँदनी क्षेत्रका लागि नयाँ सुविधा सहितको विद्यालय बस सेवा सञ्चालनमा ल्याएको छ। सार्क एजुकेसन फाउन्डेसनले जनाए अनुसार, दोधारा चाँदनी क्षेत्रका विद्यार्थी र अभिभावकहरूको विशेष अनुरोध तथा विद्यालयको गुणस्तरीय शैक्षिक सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यो बस सेवा सुरु गरिएको हो। बस सेवा अन्तर्गत बिहान दोधाराबाट सिधै महेन्द्रनगरस्थित विद्यालयसम्म सञ्चालन हुनेछ भने बस अघिल्लो दिन साँझमै दोधारामा राखिने व्यवस्था गरिएको छ।

सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेतका अनुसार बसले ४५ मिनेटको यात्रा समयमा विद्यार्थीहरूलाई विद्यालय पुर्‍याउनेछ। विद्यालयले कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखी बस सेवासँगै नयाँ शैक्षिक कार्यक्रमहरू समेत सञ्चालनमा ल्याएको छ।

यस पहलले दोधारा–चाँदनी क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच सहज बनाउने विश्वास गरिएको छ।

About Surendra Jairu

Check Also

चौधर जलाधारमा जलवायु जोखिम न्यूनीकरणको दिशामा स्थानीय पूर्वकार्य प्रणालीको ऐतिहासिक सुरूवात

कञ्चनपुरः जलवायु परिवर्तनको बढ्दो चुनौतीहरूसँग जुध्न र स्थानीय समुदायलाई थप सुरक्षित एवम् सक्षम बनाउन कञ्चनपुरको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *