Breaking News

तनहुँ बालिका बलात्कार प्रकरण, प्रधानाध्यापक पक्राउ

29 अगस्त 2023

तनहुँमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा रहेका छन्।   जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो। गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीमा उजुरी दिएपछि फरार रहेका उनि सोमबार पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About globalgorkhatimes.com

Check Also

कुतियाकवर बस्तीको जग्गा कटानी, कहिले बन्ला पक्की तटबन्ध?

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१० स्थित नेपाल–भारत सीमासँग जोडिएको कुतियाकवर ४४ घरपरिवारको बसाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *