Breaking News

वैदेशिक रोजगारीको ‘क्रेज’ बढिरहेका बेला आफ्नै माटोमा पौरख, व्यावसायीक तरकारी खेतीबाट मनग्य आम्दानी

कञ्चनपुरः कुनै समय रोजगारीको खोजीमा भारतका विभिन्न शहरहरूमा भौतारिरहने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-०८ सुन्दरनगरका ३० वर्षीय प्रेम रोकाया अहिले आफ्नै खेतबारीमा तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्। विगतका वर्षहरूमा गाउँका अन्य युवाहरू जस्तै उनि पनि मजदुरीका लागि भारत धाउने गर्दथे। भारतमा मजदुरी गर्दा राति अनिदो भएर ड्युटी गर्नुपर्ने, होटेलमा काम गर्दैगर्दा अत्याधिक गर्मी र लामखुट्टेले सताउने, दिनको १५/१६ घण्टा ड्यूटी गर्नुपर्ने, भनेको बेला तलब पनि नपाइने र सबैले हेप्ने’ जस्ता समस्या खेप्नु परेको प्रेम रोकाया बताउँछन्। उनि अर्काको देशमा यस्तो दु:ख गर्नु भन्दा त, आफ्नै देश, आफ्नै गाउँ र आफ्नै माटोमा पसिना बगाउँला भन्ने मनसायले भारतबाट घर फर्किएका हुन्। भारतमा गरेको दु:ख देखेर आफ्नै ठाउँमा केहि गर्नुपर्ने सोच पलाएको र त्यही सोचले आज आफुलाई एउटा सफल उद्यमी बनाएको उनको भनाई छ।

तीन वर्ष अघिदेखि उनि आफ्नै जमिनमा व्यवसायीक तरकारी खेती गर्दै आएका छन्। कडा परिश्रम र प्रविधिको उच्चतम् प्रयोगले उनलाई एउटा सफल उद्यमी मात्र बनाएको छैन्, कयौँ बेरोजगाग युवाहरूका लागि प्रेरणाको स्रोत पनि बनाएको छ। कृषि पेसामा रमाइरहेका उनलाई अहिले खेतको काम र उत्पादन भएको तरकारीको बजारीकरण गर्न भ्याइनभ्याइ छ। प्रेमले उत्पादन गरेको तरकारी खेती हेर्न र उनको प्रविधि सिक्नका लागि अहिले विभिन्न ठाँउका कृषकहरू उनको खेतमा आउने गरेका छन्।

सुरूवाती चरणमा उनलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले सहयोग गरेको युवा उद्यमी रोकायाले बताए। परियोजनाले बिँउबिजन साथै प्राविधिक सहयोग र उनको कडा परिश्रमले अहिले उनि एक सफल कृषक व्यावसायी बनेका छन्। उनले अहिले च्याउ, गोलभेडा, बन्दा, काउली, मूला, रायो, सिमी, टमाटरलगायत मौसमी तथा बेमौसमी तरकारी साथै सयपत्री र मखमली फुलको उत्पादन  र बिक्री वितरणबाट मनग्य आम्दानी गरिरहेका छन्। वर्तमान समयमा युवा पुस्ताहरूमा वैदेशिक रोजगारीको ‘क्रेज’ बढिरहेको बेला आफ्नै गाउँमा लगनशील भएर काम गरे प्रशस्तै आम्दानी गर्न सकिने प्रेमको दावी छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले एनएनएसडब्ल्यूएले सुन्दरनगर प्राकृतिक कृषक समुहमार्फत युवा उद्यमी प्रेम रोकायालाई विभिन्न समयमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो। दोधारा चाँदनी नगरपालिकाको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरूको जिविकोपार्जनमा सघाउ पुऱ्याउने उद्देश्यले सामुदायिक विपद् व्यवस्थापन समिति तथा कृषक समुहमार्फत परियोजनाले सहयोग गर्दै आएको उहाँको भनाई छ।

विगतमा भारतमा मजदुरी बाहेक अन्य रोजगारीको विकल्प नदेख्ने दोधाराका केही युवाहरू अहिले कृषि पेशालाई राम्रो रोजगारीको माध्यम बनाइरहेका छन्। पुर्खौँ देखिको गुजरामुखी परम्परागत खेती गर्ने परिपाटीलाई सुधार गर्दै युवाहरू अहिले व्यवसयिक खेतितर्फ आकर्षित हुन् थालेका छन्।

About Surendra Jairu

Check Also

बलम्बुमा महालक्ष्मी जात्रा शुरु (फोटोफिचर)

12 नोभेम्बर 2024, काठमाण्डौ चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा शुरु भएको छ । बलम्बु महालक्ष्मी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *