Breaking News

परराष्ट्रमन्त्रीद्वारा कञ्चनपुरका शीतलहर प्रभावित समूदायलाई कम्बल हस्तान्तरण

कञ्चनपुरः कञ्चनपुरमा शीतलहर प्रभावित समूदायहरूलाई कम्बल वितरण गरिएको छ। परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले आईतबार शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा शीतलहरबाट प्रभावित समूदायहरूलाई कम्बल हस्तान्तरण गर्नुभएको हो। सेव द चिल्ड्रेन तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले झलारीमा शीतलहरबाट अति प्रभावित समुदायहरुलाई अत्याधिक जाडोबाट जोगाउन ५०० घरधुरीलाई कम्बल वितरण गरेको छ। कार्यक्रमअन्तर्गत शुल्काफाँटा नगरपालिका, बेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकामा १५०० घरपरिवारहरूलाई दुई वटा कम्बलहरू वितरण गरिनेछ।

परराष्ट्रमन्त्री एनपी साउदले शीतलहरबाट प्रभावित समूदायहरूमा रहेका बालबालिका, गर्भवती महिला तथा ज्येष्ठ नागरिकलगायतका अति प्रभावितहरूलाई यथाशीघ्र जाडोबाट जोगाउन कम्बल वितरण गरिएको बताउनुभयो। यस्तो मानवीय कार्यमा सहयोग पुऱ्याउने सेभ द चिल्ड्रेन तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को काम सराहनीय रहेको उहाँले बताउनुभयो। परराष्टमन्त्री साउदले मानवीय कार्यको लागि सरकारले सधै संघसंस्थाहरूसंग सहकार्य गर्दै आएको तर्क गर्नुभयो।

शुक्लाफाँटा नगरपालिकाका मेयर रणबहादुर महराले अत्याधिक जाडोका कारण नगरपालिकाका जनतालाई सहयोगको आवश्यकता रहेको बताउनुभयो। त्यो आवश्यकतालाई महशुस गरेर सेभ द चिल्ड्रेनले समूदायका ५०० घरधुरीलाई सहयोग पुऱ्याउन सहकार्य गरेकोमा धन्यवाद दिनुभयो। उहाँले सहयोगको लागि आभारी रहेको साथै निरन्तर सहयोगको लागि हातेमालो गर्न तत्पर रहेको बताउनुभयो।

सेभ द चिल्ड्रेन सुर्खेत फिल्ड अफिसका प्रमुख रत्नराज ओझाले संघ, प्रदेश र स्थानीय विकास साझेदारहरूसँगको सहकार्यले आफुहरूलाई अति प्रभावित समूदायहरूमा द्रुत रूपमा पुग्न सक्षम बनाएको बताउनुभयो। आज शुक्लाफाँटा नगरपालिकामा शीतलहर प्रभावित समूदायहरूलाई कम्बल वितरण गरिएको छ। यी कम्बलहरूले कडा चिसोको सामना गर्न धेरै बालबालिका, महिला र वृद्धवृद्धाहरूको ज्यान जोगाउनमा मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरूले संस्थाले विपद् व्यवस्थापन तथा मानविय सहायताका लागि काम गर्दै आएको बताउनुभयो। उहाँले सेव द चिल्ड्रेनद्वारा झलारीमा शीतलहरबाट अति प्रभावित समुदायहरुलाई कम्बल वितरण गरिएको बताउनुभयो। उहाँले भर्खरै मात्र बझाङ्गमा भूकम्पबाट प्रभावितहरूलाई ११५ कम्बल, १०१ गैर खाद्य सामग्री र ४८५ परिवारलाई प्रति परिवार रू १५ हजारका दरले नगद सहयोग गरिएको बताउनुभयो। त्यसैगरी बझाङ्गका भुकम्प पीडितहरूलाई पनि सहयोग गरिएको छ।

कम्बल हस्तान्तरण कार्यक्रमा सेभ द चिल्ड्रेन सुर्खेत फिल्ड अफिसका प्रमुख रत्नराज ओझा, शुक्लाफाँटा नगरपालिकाका मेयर रणबहादुर महरा, (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरू र कार्यक्रम संयोजक राजकुमार सुनारलगायतको उपस्थिति रहेको थियो।

About Surendra Jairu

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *