कञ्चनपुरः महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा महाकाली घाटस्थित रामेश्वर मन्दिर परिसरमा निशुल्क खानेपानी वितरण गरिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ११ को आयोजना तथा जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिको आर्थिक सहयोग साथै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको समन्वयमा निशुल्क खानेपानी वितरण गरिएको हो। खानेपानी वितरण …
Read More »दोधारामा हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
कञ्चनपुर: दोधारा चाँदनी नगरपालिकामा हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनी, कञ्चनपुरको आयोजना तथा दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको समन्वय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) तथा डीसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा “पूर्वसूचनामा सबैको पहुँच बढाऔँ, विपद्को जोखिम …
Read More »हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजना तथा भीमदत्त नगरपालिकाको समन्वय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) तथा डीसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा “पूर्वसूचनामा सबैको पहुँच बढाऔँ, विपद्को जोखिम घटाऔँ” भन्ने नारा सहित हरितालिका तीज विशेष …
Read More »गृहमन्त्रीद्वारा बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण, नमूना वस्ती बनाईने
कञ्चनपुरः गृहमन्त्री रमेश लेखकले बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण गर्नुभएको छ। मन्त्री लेखकले दोधारा चाँदनी नगरपालिका वडा नम्बर-३ पटराखल्लाका २७ परिवारहरूलाई अस्थायी घर निर्माणका लागि पहिलो किस्ता स्वरूप प्रति परिवार रू २५ हजार हस्तान्तरण गर्नुभएको हो। गृहमन्त्री लेखकले देशमै विपद् व्यवस्थापनको क्षेत्रमा नमूना वस्ती निर्णाणका लागि प्रभवितहरूलाई रकम …
Read More »उत्थानशील युवा सञ्जालद्वारा “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू
कञ्चनपुरः उत्थानशील युवा सञ्जालले “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू गरेको छ। बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्रप्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरूको संरक्षण गर्ने उद्देश्यले भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जाल र महाकाली युवा क्लबले बृहत वृक्षारोपण अभियानको थालनी गरेको हो। सञ्जालले नेपाल राष्ट्रिय समाज …
Read More »एनएनएसडब्ल्यूए-द्वारा ‘प्रोजेक्ट मेनेजमेन्ट’ तथा ‘जेडसी’ सम्बन्धी दुई दिने तालिम सम्पन्न
कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आयोजनामा “परियोजना व्यवस्थापन र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण” सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। संस्थाका कार्य समिति पदाधिकारी तथा विभिन्न परियोजनामा कार्यरत कार्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने साथै समतामुलक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्ने उद्देश्यले एनएनएसडब्ल्यूए-को सभा हलमा तालिमको आयोजना गरिएको …
Read More »बेलडाँडीका बाढी प्रभावितको पीडामा मलहम, एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रेनद्वारा १ करोड ३० लाख बराबरको राहत
कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरिएको छ। सेभ द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित आपतकालिन पूर्वतयारी तथा प्रतिकार्यका लागि मानविय सहायता परियोजनाअन्तर्गत गाउँपालिकाका बाढी प्रभावित परिवारलाई गैर खाद्य सामग्री, खाद्यान्न साथै विद्यार्थीहरूलाई शैक्षिक सामग्री गरि झण्डै १ करोड ३० लाख बराबरको …
Read More »बेलडाँडीमा बाढी प्रभावितलाई एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रेनद्वारा ४३ लाख बराबरको खाद्यान्न सहयोग
कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनको सहयोग तथा बेलडाँडी गाउँपालिकाको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गरिएको हो। बाढी प्रभावित परिवारहरूलाई प्रति परिवार ५० किलो मसिनो …
Read More »बडुवाल टोलमा जङ्गली हात्तीले अन्नवाली नष्ट गर्दै, नियन्त्रणको दिर्घकालिन व्यवस्था भएन
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-०३ बडुवाल टोलमा जङ्गली हात्तीले धान तथा मकै बाली नष्ट गर्दै आएको छ। बडुवाल टोलमा स्थानीय किसानहरूले लगाएको धान तथा मकै बाली खाएर तथा उद्यनेर नष्ट गर्दै आएको हो। झण्डै २ साता देखि नजिकै रहेको भारतीय जङ्गलबाट बस्ति भित्रिएको जङ्गली हात्तीको बथानले किसानहरूले लगाएको …
Read More »मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि विद्यार्थीहरूलाई अनुशिक्षण
कञ्चनपुरः माईती नेपाल कञ्चनपुरले एक दिने कानुनी अनुशिक्षण सम्पन्न गरेको छ। सिद्धार्थ होटल न्यू आनन्दमा सुदूरपश्चिम विश्वविद्यालय, जनज्योति बहुमुखी क्याम्पस, मोर्डन पब्लिक स्कुल, फ्लोरिडा ईङ्गलिस स्कुल लगायतका विद्यार्थीहरूलाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध अनुशिक्षण दिईएको माइती नेपाल कञ्चनपुरले जनाएको छ। मानव बेचविखन तथा ओसारपसार विरुद्धको कानुनी अनुशिक्षण माइती नेपाल कञ्चनपुरको …
Read More »