Breaking News

दोधारामा सञ्चालनमा रहेको शहरी विकासका योजनाको मेयर लिम्बुद्वारा अनुगमन

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा शहरी विकास मन्त्रालयअन्तर्गत ३ वटा निर्माण योजना सुरू गरिएको छ। दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ मा आय आर्जन भवन सँगै प्याराफिट निर्माण, विभिन्न वडाहरूमा पक्की सडक निर्माण र वडा नं. ७ मा आय आर्जन भवन निर्माण कार्य सुरू गरिएको छ। दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले आज सञ्चालनमा रहेका उक्त योजनाको अनुगमन सँगै स्थानीयबासीहरू सितग भेटघाट गरि निर्माण कार्यको अवस्था बारे जानकारी लिनुभएको छ।

नगर प्रमुख किशोर कुमार लिम्बुले वडा नं. २ मा रहेको खेल मैदानमा ४ कोठे आय आर्जन भवन सँगै प्याराफिट निर्माण, दोधारा चाँदनी नगरपालिकाको विभिन्न वडाहरूमा झण्डै ६ किलोमिटर पक्की सडक निमार्ण र वडा नं. ७ मा ८ कोठे आय आर्जन भवन निमार्ण भईरहेको बताउनुभयो। दोधारा चाँदनी नगरपालिकामा सडक, आय आर्जन भवन र खेलकुद विकासको लागि प्याराफिट आवश्यक देखिएकोले आफुले पहल गरेर झण्डै रू. १२ करोडको विकास योजना अघि बढाएको नगर प्रमुख लिम्बुले बताउनुभयो। नियमित बजेटले ठुला योजना अघि बढाउन नसकिने बताउँदै उहाँले रू. १२ करोडको योजनाले नगर क्षेत्रको समृद्धि र विकासमा ठुलो टेवा पुर्‍याउने तर्क गर्नुभयो।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ को खेल मैदानमा आय आर्जन भवन सँगै प्याराफिट निर्माण, दोधारा चाँदनीका विभिन्न वडाहरूमा पक्की सडक निमार्ण र वडा नं. ७ बाबाथानमा आय आर्जन भवनको निमार्णको जिम्मा पाएको बाशुलिङ्ग अनिल कन्स्ट्रक्शन प्रालिका प्रोप्राईटर धिर प्रताप पाण्डेयले निमार्ण कार्यको सम्झौता २२ महिना भएतापनि असाढ मसान्त भित्र तीनै वटा योजना सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निमार्ण कार्य द्रुत गतीमा सञ्चालन भईरहेको उहाँको भनाई रहेको छ।

आय आर्जन भवन सँगै खेलकुद विकासको लागि प्याराफिट निर्माण, दोधारा चाँदनीका विभिन्न वडाहरूमा झण्डै ६ किलोमिटर पक्की सडक निमार्ण र वडा नं. ७ बाबाथानमा आय आर्जन भवन निमार्ण सुरू भएसँगै स्थानीयबासीहरूले खुशी व्यक्त गरेका छन्।

About Surendra Jairu

Check Also

बलम्बुमा महालक्ष्मी जात्रा शुरु (फोटोफिचर)

12 नोभेम्बर 2024, काठमाण्डौ चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा शुरु भएको छ । बलम्बु महालक्ष्मी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *