Breaking News

दोधारामा शैक्षिक गुणस्तर सुधारका लागि मेयर लिम्बुको छड्के

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि चाँसो देखाएको छ।   नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय अनुगमन थालेको हो। शिक्षाको गुणस्तर, भौतिक र वातारणिय अवस्था बारे थप जानकारी लिने उद्देश्यले दोधारा चाँदनी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा अनुगमन थालिएको हो। दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु नेतृत्वको नगर शिक्षा समितिको टोलीले विद्यालय अनुगमनका थालेको हो।

दोधारा चाँदनी नगर शिक्षा समितिको टोलीले शैक्षिक स्तर सुधारका लागि छड्के अनुगमन थालेको नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभयो। अनुगमन कार्य निरन्तर भईरहेको बताउँदै उहाँले नगरपालिका कार्यालयले कार्यविधि निर्माण गरेर सबै विद्यालयका शिक्षक-शिक्षिकाहरूलाई सरूवा गर्ने वा अदली-बदली गर्ने कार्य सकेर त्यसको प्रभावकारिता बुझ्नको लागि विद्यालय अनुगमन थालेको बताउनुभयो।

अनुगमनका क्रममा विद्यालयको समग्र शैक्षिक अवस्था बारे जानकारी लिईएको छ। भौतिक अवस्था, विद्यार्थी संख्या, विद्यालयका समस्याका बारेमा अनुगमन टोली जानकारी लिएको हो। नगर शिक्षा समितिका संयोजक समेत रहनुभएको मेयर लिम्बुले विगतका दिनहरू भन्दा शिक्षामा सुधार भएको बताउनुभयो। आफु आएपछि स्थानीय पाठ्यक्रम निर्माण गरेर विद्यालयहरूमा पठन–पाठन समेत सुरु भएको उहाँले बताउनुभयो। स्थलगत अनुगमन र अवलोकन गरेर अवस्था हेर्ने, समस्या सुन्ने, समस्या देख्ने र समाधानका लागि पहल गर्दै आएको उहाँको भनाई रहेको छ।

दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर-०१ मा रहेको महाकाली आदर्श मा.वि. र वडा नम्बर-०२ मा रहेको पुर्णा आधारभुत विद्यालयको आज छड्के अनुगमन गरिएको दोधारा चाँदनी नगरपालिका नगर शिक्षा समितिले जनाएको छ। अनुगमन कार्यलाई निरन्तरता दिदै जाने समेत बताईएको छ।

अनुगमनको क्रममा पुर्णा आधारभुत विद्यालयका एक शिक्षिका मञ्जु लोहारले दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख नेतृत्वमा नगर शिक्षा समितिको अनुगमनले नगर क्षेत्रको शिक्षा विकासलाई ठुलो बल पुग्ने बताउनुभयो। । अनुगमनले शिक्षकहरूमा सकारात्मक विकास हुने र विद्यालयमा भएका कमिकमजोरीहरू पत्ता लगाई सुधार गर्न सहज हुने उहाँको भनाई छ। विद्यालयले नगर शिक्षा समितिको अनुगमन टोली सित विद्यालयका भौतिक, शैक्षिक, र अन्य अवस्थाको बारेमा जानकारी गराएको हो।

पछिल्लो पटक बाढीको कारण पनि विद्यालयमा ठुलो प्रभाव पारेको विषयमा नगर प्रमुखलाई प्रधानाध्यापकहरूले अवगत गराएका छन्। दोधारा चाँदनी नगरपालिका क्षेत्रमा २२ वटा सामुदायिक विद्यालय, २० वटा संस्थागत विद्यालय र विद्यालयमा र समुदायमा गरि ४६ वटा बाल विकास कक्षाहरू संचालनमा रहेका छन्।

About Surendra Jairu

Check Also

बलम्बुमा महालक्ष्मी जात्रा शुरु (फोटोफिचर)

12 नोभेम्बर 2024, काठमाण्डौ चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा शुरु भएको छ । बलम्बु महालक्ष्मी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *