Breaking News

अब नेपाल र भारतको सीमा पार गर्न लागि नेपाली परिचय पत्र अनिर्वाय

कञ्चनपुरः अब नेपाल र भारतको सीमा पार गर्न लागि नेपाली परिचय पत्र अनिर्वाय भएको छ। पछिल्लो समय नेपाली नागरिकका लागि भारत प्रवेश र स्वदेश फर्कँदा परिचय पत्रको आवश्यकता पर्ने भएको हो। केहि दिन यता नेपाल-भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कडाइ गरेको छ। नेपाल र भारतको सीमा पार गर्नका लागि नेपाली नागरिक भएको परिचय खुल्ने कागजपत्र अनिर्वाय गरिएको हो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले तेस्रो मुलुकका नागरिक प्रवेश गर्न सक्ने भएकाले सीमामा कडाई गरिएको बताए। उनले भने, “भारत जानलाई नेपाली हो भन्ने आधार खोज्दैछन्। तर, हामीसँग अधिकारीक कुनै जानकारी छैन।”

नेपालबाट चिनियाँ नागरिकसमेत भारत प्रवेश गर्दै आएकाले कडाई गरिएको बुझिएको छ।

About Surendra Jairu

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *