Breaking News

उदयदेव बहुउद्देश्यीय सहकारीको २६ औँ इकाइगत वार्षीक साधारण सभा सम्पन्न

कञ्चनपुरः उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाले २६ औँ इकाइगत वार्षीक साधारण सभा सम्पन्न गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मंगलबार संस्थाका सञ्चालक समिति उपाध्यक्ष निरञ्जन प्रसाद भट्टको सभापतित्व तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको इकाइगत वार्षीक साधारण सभा सम्पन्न भएको हो।

संस्थाले हाल सम्म रू. १४ अर्ब ४४ करोड ९७ लाख ४५ हजार ६५ रूपैँया निक्षेप संकलन गरि रू. १२ अर्ब ६६ करोड ९० लाख ४० हजार ८ सय २८ रुपैँया बचत फिर्ता गरको छ। हाल संस्थाको निक्षेप दायित्व रू. १ अर्ब ७८ करोड ७ लाख ४ हजार २ सय ३७ रुपैँया ७ पैसा रहेको संस्थाका सञ्चालक समिति उपाध्याक्ष तथा कार्यक्रमका सभापती निरञ्जन प्रसाद भट्टले बताउनुभयो। शेयर पूँजीलाई वृद्धि गर्दै आगामी दुई वर्षमा रू. २५ करोड पुर्‍याउने संस्थाले लक्ष्य लिएको उहाँले बताउनुभयो।

संस्थाले विगत लामो समयदेखि निम्न आयस्रोत भएका महिला सदस्यहरूलाई समुहमा आवद्ध गराई उनिहरूको आर्थिक र सामाजिक विकाससँगै महिला सशक्तिकरण चेतना अभिवृद्धि गर्दै आएको संस्थाद्वारा प्रस्तुत प्रतिवेदनमा बताईएको छ। संस्थाले उद्यमी कर्जामा ९.९९ प्रतिशत, कृषि तथा व्यापार कर्जामा १३ प्रतिशत, अनुउत्पादन कर्जामा १४.७५ प्रतिशतमा लगानी गर्दै आएको छ।

कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले संस्थाले उल्लेख्य रूपमा प्रगति गरेको बताउँदै नमूना सहकारी बन्नको लागि शुभकामना दिनुभएको छ। नगर भित्र रहेका विभिन्न संघ-संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्दै गरेको अवस्थामा नगरको विकासका लागि सबैसँग समन्वय र सहकार्य गर्दै आएको उहाँको भनाई छ। गाँउ, बस्तीका महिलाहरुको आर्थिक स्तर उकास्दै आत्मनिर्भर बनाउनमा सहयोग गरेको भन्दै उहाँले संस्थालाई धन्यवाद दिनुभयो।

कार्यक्रममा शेयर सदस्यलगायत विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। कञ्चनपुर भिमदत्त नगरपालिका प्रधान कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले धनगढी, अत्तरिया, डडेल्धुरा, बैतडी, दोधारा चाँदनी, बेलौरी, झलारी, कृष्णपुर र दैजीमा सेवा केन्द्र संचालन गर्दै आएको छ।

About Surendra Jairu

Check Also

दोधारामा सञ्चालनमा रहेको शहरी विकासका योजनाको मेयर लिम्बुद्वारा अनुगमन

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा शहरी विकास मन्त्रालयअन्तर्गत ३ वटा निर्माण योजना सुरू गरिएको छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *