Breaking News

दोधारामा हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न   

कञ्चनपुर: दोधारा चाँदनी नगरपालिकामा हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनी, कञ्चनपुरको आयोजना तथा दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको समन्वय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) तथा डीसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा “पूर्वसूचनामा सबैको पहुँच बढाऔँ, विपद्को जोखिम घटाऔँ” भन्ने नारा सहित हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा प्रगति सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक पूर्णा देवी कसेराले गत असारको बाढीबाट प्रभावित भएका परिवारहरूलाई पीडा बिर्सन यस पर्वले हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभयो। उहाँले तीजको शुभकामना व्यक्त गर्दै पूर्वसूचना प्रणालीमा जोखिमयुक्त समुदायको पहुँच बढाएर विपद्को जोखिम घटाउनका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

दोधारा चाँदनी नगरपालिकास्थित श्री लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका ९ वटा सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक, पदाधिकारी, सदस्यहरू साथै आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित महिला दिदिबहिनीहरूले “पूर्वसूचनामा सबैको पहुँच बढाऔँ, विपद्को जोखिम घटाऔँ” भन्ने सन्देशसहित तीजको गीतहरूमा नृत्य गरेका थिए।

About Surendra Jairu

Check Also

एनएनएसडब्ल्यूएद्वारा पुनर्वासका किसानहरूलाई सिचाईका लागि मोटर वितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *