Breaking News

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि विद्यार्थीहरूलाई अनुशिक्षण


कञ्चनपुरः माईती नेपाल कञ्चनपुरले एक दिने कानुनी अनुशिक्षण सम्पन्न गरेको छ। सिद्धार्थ होटल न्यू आनन्दमा सुदूरपश्चिम विश्वविद्यालय, जनज्योति बहुमुखी क्याम्पस, मोर्डन पब्लिक स्कुल, फ्लोरिडा ईङ्गलिस स्कुल लगायतका विद्यार्थीहरूलाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध अनुशिक्षण दिईएको माइती नेपाल कञ्चनपुरले जनाएको छ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको कानुनी अनुशिक्षण माइती नेपाल कञ्चनपुरको नौलो कार्यक्रम भने होईन। यस अघि पनि माईती नेपालले मानव बेचविखन तथा ओसारपसार विरुद्ध जनचेतना फैलाउन अत्याधिक मात्रामा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ। तर विगतमा आयोजना गरिएका कानुनी अनुशिक्षण भन्दा यो पृथक कार्यक्रम रहेको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ।

यो अनुशिक्षणबाट प्रशिक्षक उत्पादन भएको र उत्पादित प्रशिक्षकहरुले आ–आफ्ना क्षेत्रमा मानब बेचविखन तथा ओसारपसार विरुद्ध व्पापक जनचेतना फैलाउने विश्वास व्यक्त गर्दै संयोजक भट्टले थोरै फरक ढंगले अगाडी आएको बताउनुभयो। “विगतका दिनमा हामी जति जनालाई तालिम दिन्थ्यौँ, त्यसले सिमित मान्छे मात्र लाभान्वीत हुन्थे। तर अब त्यसो हुने छैन। हामीले जति भाईबहिनीहरूलाई तालिम दिएका छौँ, उहाँहरू सबै जना स्वः स्फूर्तमा स्वयंसेवीको रूपमा काम गर्न उत्साहित भएका छन्। यो पटक तालिम लिएका भाईबहिनी यस कार्यमा साथ दिनेछन् भन्ने आशा मैले लिएकी छु।” माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो।

तालिममा सहभागी मध्यका एक सहभागी गोबिन्द जोशीले अनुशिक्षणमा सिकेका कुरा आफु अध्ययनरत शैक्षिक क्याम्पसमा मात्र नभई आफु बसेको समाजमा समेत प्रवाहित गर्ने बताएका छन्। अनुशिक्षण आफुहरु जस्ता विद्यार्थीहरुका लागी लाभप्रद रहेको उहाँको भनाई रहेको छ।

त्यसै गरी कार्यक्रमका अन्य सहभागीहरुले समेत आफु अध्ययनरत शैक्षिक संस्थानको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम विश्वविद्यालय, महकाली मोर्डन पब्लिक स्कुल, फ्लोरिडा ईन्टरनेशनल पब्लिक स्कुलका छात्र छात्राहरुले अब उप्रान्त आफ्नै बलबुतामा यस्तै कार्यक्रमहरुको निरन्तर आयोजना गर्ने बताए। सहभागी बिद्यार्थीहरुले आ–आफ्ना क्षेत्रमा मानव बेचविखन तथा ओसारपसार विरुद्ध वृहत रुपमा जनचेतना फैलाउन समय सापेक्ष विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

माईती नेपाल कञ्चनपुरले विगत २० वर्षदेखि कञ्चनपुर क्षेत्रमा हुने मानव तस्करी रोकथाम र मानव तस्करीको जोखिममा परिसकेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण, सम्बद्र्धन तथा पुनर्स्थापनाका लागि उल्लेखनीय कार्य गर्दै आएको छ।

About Surendra Jairu

Check Also

एनएनएसडब्ल्यूएद्वारा पुनर्वासका किसानहरूलाई सिचाईका लागि मोटर वितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *