Breaking News

कराते र तेक्वान्दो खेलाडीहरूलाई नगर खेलकुद विकास समितिद्वारा खेल सामग्री हस्तान्तरण

कञ्चनपुरः नगर खेलकुद विकास समिति दोधारा चाँदनीले कराते र तेक्वान्दो खेलाडीहरूलाई खेल सामग्री हस्तान्तरण गरेको छ। दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र नगर खेलकुद विकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दले करातेका प्रशिक्षक देव बहादुर थापा र नगर तेक्वान्दो विकास समितिका उपाध्यक्ष भुवन बिहारी पन्त र सचिव सागर बहादुर शाहीलाई एक कार्यक्रमको बिच १ लाख बराबरको खेल समाग्री हस्तान्तरण गर्नुभएको हो।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नगर विकाससँगै खेलकुदको विकासमा पनि दोधारा चाँदनी नगरपालिका उत्तिकै जिम्मेवार रहेको बताउनुभयो। कराते र तेक्वान्दो खेल प्रति युवा पुस्ताको थप क्रेज बढाउने उद्देश्यले नगर खेलकुद विकास समितिले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमअन्तर्गत खेल समाग्री वितरण गरिएको बताउँदै नगर प्रमुख लिम्बुले कराते र तेक्वान्दो खेलाडीलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।

खेलाडीहरूले खेल सामग्री प्राप्त गरेपछि नगर प्रमुख किशोर कुमार लिम्बु र नगर खेलकुद विकास समितिलाई धन्यवाद दिँदै थप हौसला तथा ऊर्जा मिलेको बताएका छन्।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगर खेलकुद विकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दलगायत नगर खेलकुद विकास समितिका पदाधिकारी साथै खेलाडीहरुको सहभागिता रहेको थयो।

About Surendra Jairu

Check Also

उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीको नयाँ कार्य समिति गठन

कञ्चनपुरः दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन भएको छ। आज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *