Breaking News

भारतको उत्तर प्रदेशमा नेपालीमाथि लुटेराको आक्रमण, बसबाट हाम फालेपछि घाइते

उत्तर प्रदेश, 29 डिसेम्बर 2024

दिल्लीबाट नेपाल फर्किने क्रममा लूटेराहरुको आक्रमणबाट बच्न बसबाट हाम फालेका एक नेपालीलाई बसले कुल्चेपछि घाइते भएका छन । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका खुशीराम थारु लुटेराहरुको आक्रमणबाट बच्न बसबाट हामफालेका थिए तर सोही बसले कुल्चेपछि अहिले बरेलीको सिविल अस्पतालमा भर्ना भएका छन ।

जानकारीका अनुसार विदेश जान लागेका भान्जालाई दिल्ली पुऱ्याउन आएका खुशीराम फर्किने क्रममा बसमै लुटेराहरुको चंगुलमा फसेका थिए ।

खुसीराम बाटोमा लूटपाट हुन सक्ने आशंकाका आधारमा विदेश जान लागेका भान्जालाई पुर्याउन दिल्ली गएका थिए । तर भान्जालाई सकुशल पुऱ्याएपछि भने उनी लुटेराहरुको शिकार बनेका हुन ।

उनी भान्जालाई फ्लाइटमा चढाए लगत्तै बसमा सवार भएर घर फर्किरहेका थिए ।

दिल्लीबाट फर्किने क्रममा बरेली नजिक पीलिभीत रोडमा पुगेका बेला गाडीमा सवार केही आपराधिक छविमा मानिसहरुले उनीमाथि हमला गर्न शुरु गरेका थिए । लुटेराहरुको कूल 8 जनाको गिरोह मध्ये 2 जनाले चाकु देखाएर उनलाई कुटपिट गरेका थिए । लुटेराहरुको गिरोहमा 2 महिला र अन्य 6 जना युवकहरु थिए ।

खुशीरामले के गर्दैछों भनेर सोध्दा, लुटेराहरुले चालकलाई इशारा गरि गाडी चलाउन भनेका थिए । त्यसपछि बसको कन्डक्टरले पनि हप्काएर सीटमा बस्न लगाएका थिए भने उनले गाड़ी रोक्न आग्रह गरिरहेका थिए तर गिरोहले आक्रमण गर्न शुरु गरेको थियो ।

त्यसपछि गिरोहले लुटको उद्धेश्यले गाडीलाई अध्यारो गल्ली तर्फ लिएर जान खोज्दा मारिदिने डरले खुशीरामले बसबाट हाम फालेका तर दुर्भाग्यवश उनलाई सोही गाडीले कुल्चेको हो । गाडीले कुल्चेपछि अहिले खुशीरामको खुट्टा भाचिएको छ भने बरेलीको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

About globalgorkhatimes.com

Check Also

दिल्लीमा गुरुङ समूदायले मनाए तमु ल्होसार

नयाँ दिल्ली, 06, जनवरी 2025 गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार गत पुष 15 …

Leave a Reply

Your email address will not be published. Required fields are marked *