Breaking News

११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा उत्थानशील युवा सञ्जालद्वारा सचेतनामूलक नाटक प्रदर्शन

कञ्चनपुरः उत्थानशील युवा सञ्जाल भीमदत्तले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सचेतनामूलक नाटक प्रदर्शन गरेको छ। सञ्जालले भीमदत्त नगरपालिका तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आर्थिक तथा प्राविधिक सहयोगमा लैङ्गिक हिंसा, लागू औषध दुव्र्यसनी तथा महिला सशक्तिकरण लगायतका विषयमा जनचेतना फैलाउने उद्देश्यले सचेतनामूलक नाटक प्रदर्शन गरेको हो।

उत्थानशील युवा सञ्जाल भीमदत्त नगरपालिकाका संयोजक उत्तम सुनारले समाजमा हुने लैङ्गिक हिंसा, लागूऔषध दुव्र्यसनीका असर र त्यसको न्यूनीकरणका लागि कानुनी सजाय लगायत विषयमा जनमानसमा सचेतना फैलाउने उद्देश्यले नाटक प्रस्तुत गरिएको बताउनुभयो।

भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले महिलाका समग्र समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले नगरपालिकाले आगामी दिनहरूमा महिलाहरूको सशक्तिकरणका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सामाजिक परिचालक अनिता लावडले घरेलु लैङ्गिक हिंसा वा अन्य विभिन्न प्रकारको हिंसा न्यूनिकरणका विषयमा जानकारी दिनुभएको थियो। उहाँले हिंसाको सिकार भएको आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने विभिन्न शुल्क नलाग्ने फोन नम्बरहरू जस्तै नेपाल प्रहरीको लागि १००, लैङ्गिक हिंसा सम्बन्धी उजुरीका लागि ११४५ साथै विपत्को समयमा उद्धार तथा राहतका लागि ११४९ र मौसम सम्बन्धी जानकारीका लागि ११५५ नम्बरहरूको बारेमा  समेत जानकारी प्रदान गर्नुभएको थयो।

“सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण” भन्ने मूल नाराका साथ भीमदत्त नगरपालिकामा भव्यताको साथ ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको छ। कार्यक्रममा भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक जोशी, सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुर प्रमुख दुर्गा दत्त बोहरा, उपप्रमुख रामकुमारी राना, वडा अध्यक्षहरू, वडा सदस्यहरू, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) लगायत  विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, प्रहरी महिला सेल, समाजसेवी साथै  सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

About Surendra Jairu

Check Also

कराते र तेक्वान्दो खेलाडीहरूलाई नगर खेलकुद विकास समितिद्वारा खेल सामग्री हस्तान्तरण

कञ्चनपुरः नगर खेलकुद विकास समिति दोधारा चाँदनीले कराते र तेक्वान्दो खेलाडीहरूलाई खेल सामग्री हस्तान्तरण गरेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *