Breaking News

दोधारामा किशोरीहरूलाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा किशोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई कटाई तालिम सुरू गरिएको छ। वडामा बसोवास गर्ने बेरोजगार किशोरीहरुका लागि सिलाई कटाई तालिमको समउद्धघाटन गरिएको छ। दोधारा चाँदनी नगरपालिका– ५ मा बसोबास गर्दै आएका बेरोजगार किशोरीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ३ महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभयो। वडाको टोल, बस्तीमा विभिन्न कारणले पछाडी परेका तथा बेरोजगार बस्दै आएका किशोरीहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्धेश्यले वडा कार्यालयको सहयोग र सूदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजनामा तीन महिने सिलाई कटाई तालिम सञ्चालन गर्न लागिएको वडाध्यक्ष खत्रीले बताउनुभयो।

तालिमको उद्घाघटन गर्दै उहाँले सिलाई कटाई तालिम जीवनोपयोगी हुने भएकोले तीन महिनासम्म लगनशीलताका साथ सिक्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो। मानिसलाई सीपले स्वरोजगार बनाउने बताउँदै उहाँले मेहनतका साथ सीप सिके जीवनमा आमुल परिवर्तन हुने तर्क गर्नुभयो।

श्रम र सीपले आयआर्जन गर्न सकिने भएकाले सीप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने सूदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले बताउनुभयो। सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिन लागिएको बताउँदै उहाँले तालिम पाएपश्चात महिला दिदीबहिनीहरु स्वरोजगार र आत्मनिर्भर बन्ने र आर्थिक उपार्जनमा समेत महत्वपुर्ण योगदान पुग्नेमा आफु विश्वस्त रहेको बताउनुभयो। वडा कार्यालयले लगानि गरेर नि:शुल्क सीप सिकाउन लागेको बताउँदै सूदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष खत्रीले लगानिको प्रतिफल दिने गरी सीप सिक्न तालिमका सहभागीहरुलाई आग्रह समेत गर्नुभयो।

सूदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका कोषाध्यक्ष धनसरा चन्दले उद्धघाटन सत्रको कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। यस तालिममा २५ जना महिलाहरूले सहभागी जनाउने छन्।

About Surendra Jairu

Check Also

मधेस मुख्यमन्त्री कार्यालयअगाडि शहीद परिवारको आन्दोलन

जनकपुर, 22 नोभेम्बर, 2024 जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *