कञ्चनपुरः दोधारा चाँदनी नगरपालिकामा हिमालय उपभोक्ता समितिद्धारा घाँस काट्ने चारा मसिन वितरण गरिएको छ। मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरूका लागि हिमालय मध्यवर्ती उपभोक्ता समितिले घाँस काट्ने चारा मसिन सहयोग गरेको हो। वन्यजन्तुबाट प्रभावित भएका स्थानियबासीहरूलाई आर्थिकपार्जनको लागि घाँस काट्ने चारा मसिन सहयोग गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष पदमबहादुर सिंहले जानकारी दिनुभएको छ। जोलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) र राष्ट्रिय प्रकृतिक संरक्षण कोष (एनटीएनसी) को सहयोग तथा हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीको सहयोगमा १० जना स्थानियबासीहरूलाई घाँस काट्ने चारा मसिन सहयोग गरिएको उहाँले बताउनुभयो।
गाईबस्तु पालनमा सहयोगको लागि उक्त घाँस काट्ने चारा मसिन सहयोग गरिएको हो। वन्यजन्तुबाट प्रभावित क्षेत्रका स्थानियबासीहरूलाई २३ थान सुरक्षित बाख्रा खोर समेत वितरण गर्ने तयारी भईरहेको अध्यक्ष सिंहले बताउनुभयो। स्थानियबासीहरूको आवश्यकता तथा उनिहरूलाई जिविकापार्जनमा सहयोगको लागि मध्यवर्ती व्यवस्थापन समितिले समयानुसार विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गठन भएको सगरमाथा मध्यवर्ती उपभोक्ता समिति र हिमालय मध्यवर्ती उपभोक्ता समितिले स्थानियबासीहरूको जिविकोपार्जनको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभएको छ। वन्यजन्तुबाट प्रभावित भएको विषयमा दोधारा चाँदनी नगरपालिकाले समेत गम्भिर रहँदै आएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ। दोधारा चाँदनी नगरपालिका मध्यवर्ती क्षेत्र भएको कारण बारम्बार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय सँगै वन्यजन्तुले गर्दै आएको मानविय तथा किसानहरूको धनमालको क्षति लगायत उनिहरूको जिविकोपार्जनको लागि छलफल गर्दै आईरहेको नगर प्रमुख लिम्बुले बताउनुभयो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को चौथो संशोधनले मध्यवर्ती क्षेत्र घोषणा गर्ने व्यवस्था गरेपश्चात मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरूको जिविकोपार्जन तथा उनिहरुको आर्थिक उन्नतीको लागि समेत विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीले जनाएको छ।