Breaking News

अवैध लागु औषध ब्राउन सुगर र 17 लाख नगद सहित 3 जना पक्राउ, पुलिस र एसओजीद्वारा कारवाही

सिलिगुडी, 1 अगस्त 2023

सिलिगुडीमा पछिल्लो समय आपराधिक घटनाहरु बढिरहेको छ । ताजा जानकारीका अनुसार आज दिँउसो सिलिगुडी कोलकाता राष्ट्रिय राजमार्गअन्तर्गत बागडोग्राको भुट्टाबारी नजिकै अवैध लागु औषध र ठूलो परिमाणमा नगद सहित 3 जना पक्राउ परेका छन ।  मंगलबार दिउँसो 2 बजेतिर विशेष अपरेशन ग्रुप (एसओजी)ले बागडोगरा पुलिससँगको सहकार्यमा 893 ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा यसअघि पनि सोही मुद्दामा पक्राउ परेका मोहम्मद राजु शेख, गौतम मण्डल र भरत मण्डल रहेका छन । पक्राउ परेका मोहम्मद राजु शेख मालदा जिल्लाको कालियाचकका बासिन्दा हुन्।

पुलिसले उनिहरुको साथबाट 5 सय रुपैयाँको क्रममा रहेको 17 लाख नगद समेत बरामद गरेको छ । ती नोटहरू सक्कली वा हुन नक्कली हुन् भन्ने पुष्टि हुन बाँकी छ । पुलिसले यसलाई ठूल सफलता भनेको छ । घटनाको अनुसन्धान चलिरहेको छ ।

About globalgorkhatimes.com

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *