Breaking News

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलट हाम फालेर सुरक्षित बचे

अम्बाला, 7 मार्च 2025

भारतीय वायु सेना (आईएएफ) को एक जगुआर लडाकु विमान शुक्रबार उत्तरी भारतीय राज्य हरियाणामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । हरियाणाको राजधानी चण्डीगढबाट करिब ३५ किलोमिटर दक्षिण पूर्वमा रहेको पञ्चकुला जिल्लाको रायपुर रानी नजिकैको पहाडी जङ्गल क्षेत्रमा दुर्घटना हुनुअघि पाइलट सुरक्षितरूपमा बाहिर निस्किएका थिए ।

टेलिभिजन तस्बिरहरूमा आगो लागेको जेटको भग्नावशेष र यसको केही भाग जमिनमा छरिएका देखाइएका छन् । भारतीय वायुसेनाका अनुसार अम्बाला एयरबेसबाट उडेको विमान नियमित प्रशिक्षण उडानका क्रममा प्रणालीमा खराबी भएको थियो । यसैबीच वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ ।

गत महिना भारतीय वायुसेनाको दुई सिट भएको लडाकु विमान पनि नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

About globalgorkhatimes.com

Check Also

भारतको उत्तर प्रदेशमा नेपालीमाथि लुटेराको आक्रमण, बसबाट हाम फालेपछि घाइते

उत्तर प्रदेश, 29 डिसेम्बर 2024 दिल्लीबाट नेपाल फर्किने क्रममा लूटेराहरुको आक्रमणबाट बच्न बसबाट हाम फालेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *