Breaking News

Monthly Archives: September 2024

पुनर्वासमा पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि आईएमई मार्फत नगद सहयोग

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि बाढीको उच्च जोखिममा रहेका घरधूरीहरूलाई आईएमई मार्फत नगद सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले बाढीको उच्च जोखिममा रहेका सिमरी, रातोताल, दशरथबस्ति र विकासबस्तिका गरि १७२ घरधुरीहरूलाई …

Read More »

कञ्चनपुरमा ‘सातौँ आदर्श क्रिकेट कप-२०८१’ टी-२० क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुरः कञ्चनपुरमा ‘सातौँ आदर्श क्रिकेट कप-२०८१’ टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर–१ मा असोज २० गतेदेखि प्रतियोगिता हुन् लागेको हो। दशैँ तथा तिहारको अवसरमा आदर्श युवा समाज हात्तिथलाको आयोजनामा प्रतियोगिता हुनेछ। आदर्श युवा समाजका अध्यक्ष ज्ञानेश्वर प्रसाद जोशीले खेलाडीहरूको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको …

Read More »

नेपाली राजदूतावास दिल्लीमा भगवान राम-सीताको स्वयम्वर, नेपाल-भारतको सांस्कृतिक सम्बन्ध दर्शाइयो

नयाँ दिल्ली, 24 सेप्टेम्बर 2024 भारत नेपालको मजबुत धार्मिक/सांस्कृतिक सम्बन्ध दर्शाउन सोमबार दिल्लीस्थित नेपाली राजदूतावासमा मर्यादा पुरुषोत्तम श्रीराम र माता सिताको स्वयम्वरको नाटक मंचन गरिएको छ। दिल्लीको प्रसिद्ध रामायण नाटक मंचन गर्ने संस्था श्री धार्मिक लीला कमेटीले सयौं भारत-नेपाल तथा विदेशी पाहुनाको उपस्थितिमा नेपालको जनकपुरमा भएको श्रीराम सीताको स्वयम्वर नाटकका …

Read More »

कुतियाकवरका बाढी प्रभावितहरूका लागि आश्रय बन्दै ‘सुरक्षित आवास’

दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित कुतियाकवर बस्तीमा नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र निड्स नेपालद्वारा निमार्ण गरिएको सुरक्षित आवास कुतियाकवरका बाढी पीडितहरूका लागि महत्वपूर्ण आश्रयस्थल बनेको छ। दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर बस्तीमा बाढीबाट प्रभावित भएका स्थानिय बासिन्दाहरुका लागि दोधारा चाँदनी नगरपालिका, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण …

Read More »

कुतियाकवर विपद् व्यवस्थापन समितिद्वारा सेभहाउसमा ‘सुत्केरी’ भएकी महिलालाई सहयोग

दोधाराः दोधारा चाँदनी नगरपालिकामा सेभहाउसमा ‘सुत्केरी’ भएकी महिलालाई सहयोग गरिएको छ। दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१० स्थित कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिले सेभहाउसमा ‘सुत्केरी’ भएकी गीता सुनारलाई सहयोग गरेको हो। गीता सुनारको घर गत भदौ २७ र २८ गतेको बाढीले पूर्णरूपमा क्षति भएपछि उहाँ नजिकै रहेको सेभहाउसमा परिवारसहित बस्दै आउनुभएको …

Read More »

दोधारामा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाईयो

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको छ। दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको आयोजना तथा दोधारा चाँदनी नगरपालिकाको समन्वयमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाईएको हो। दिवसका अवसरमा बिहान ७ बजे चाँदनी हाटबजारदेखि झोलुङ्गे पुलसम्म वृहत ऱ्याली, बिहान ९ …

Read More »

दोधारा चाँदनीका बाढी प्रभावित परिवारलाई आईएमई मार्फत नगद सहयोग

दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद तथा खाद्यान्न सहयोग गरिएको छ। गत असार २२ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित भएका दोधारा चाँदनी नगरपालिकाका ८३ परिवारलाई प्रति घरपरिवार आईएमई मार्फत रू. ७ हजार ५ सय र खाद्यान्न सहयोग …

Read More »

संविधान दिवसको अवसरमा भीमदत्तमा वृहत वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा वृहत वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाको गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग साथै कञ्चनपुर जिल्ला समन्वय समिति, भीमदत्त नगरपालिका, १८ नम्बर वडा कार्यालय, …

Read More »

संविधान दिवसको पूर्वसन्ध्यामा भीमदत्तमा सरसफाई, भोली ईको पार्कमा वृहत वृक्षारोपण गरिने

कञ्चनपुरः कञ्चनपुरको भीमदत्तमा संविधान दिवसको पूर्वसन्ध्यामा वृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ। ‘सन्तुलित वातावरण सुशासन सहितको समाजबाद उन्मुख समृद्ध नगर, कृषि पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ नारा सहित संविधान दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्र वृहत सरसफाई कार्यक्रम गरिएको हो। भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले १० औँ …

Read More »

कुतियाकवर बस्ती महाकाली नदीमा समाहित हुने सन्त्रास, वर्षेनीको कटानीले जमिन मासिदैँ

पप्पु गुरूङ्ग/दोधाराः विगतका दिनहरूमा कुतियाकवरलगायतका क्षेत्रमा उत्पादन हुने परवल साथै अन्य तरकारी भारतका विभिन्न शहरहरूमा निर्यात गरिन्थ्यो। जसबाट किसानहरूले मनग्य आम्दानी गर्थे। परवल उत्पादनबाट किसानहरूको जीवनस्तरमा सुधार आएको थियो। भारतीय सुरक्षाकर्मीहरूले परवल निर्यात गर्न रोक लगाएसँगै दोधारा चाँदनी नगरपालिकाका किसानहरूले परवलको खेती गर्न छाडेका छन्। दोधारा चाँदनी नगरपालिका वडा नं. …

Read More »