Breaking News

कुतियाकवर विपद् व्यवस्थापन समितिद्वारा सेभहाउसमा ‘सुत्केरी’ भएकी महिलालाई सहयोग

दोधाराः दोधारा चाँदनी नगरपालिकामा सेभहाउसमा ‘सुत्केरी’ भएकी महिलालाई सहयोग गरिएको छ। दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१० स्थित कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिले सेभहाउसमा ‘सुत्केरी’ भएकी गीता सुनारलाई सहयोग गरेको हो। गीता सुनारको घर गत भदौ २७ र २८ गतेको बाढीले पूर्णरूपमा क्षति भएपछि उहाँ नजिकै रहेको सेभहाउसमा परिवारसहित बस्दै आउनुभएको छ। उहाँले सेभहाउसमा बस्दै गर्दा शिशुलाई जन्म दिनुभएको हो।

कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिका सचिव बसन्ती सुनारले बाढीले घरपूर्ण रूपमा क्षति भएर सेभहाउसमा बस्दै आएकी महिला सुत्केरी भएपछि उहाँलाई पोषणयुक्त खानेकुराका लागि नगद रू. ४ हजार सहयोग गरिएको बताउनुभयो। उहाँले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले पूर्वानुमानमा आधारित अग्रीम प्रतिकार्यका लागि गरिएको सम्झौता अनुसार कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिलाई नगद हस्तान्तरण गरेको बताउँदै सुत्केरी महिलाको पोषणयुक्त खानेकुरा साथै सरसफाईमा सहयोग गर्ने उद्देश्यले नगद सहयोग गरिएको जानकारी दिनुभयो।

दोधारा चाँदनी नगरपालिकामा नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) साथै अन्य संघस्थाहरूको सहयोगमा सेभहाउस निर्माण गरिएको छ। सुत्केरी महिला गीता सुनारले सहयोगका लागि कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिलाई धन्यवाद दिँदै आफ्नो क्षतिग्रस्त घरको मर्मतसम्भारका लागि सहयोगका गरिदिन समेत अपील गर्नुभएको छ।

वर्षेनी महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले धनजनको ठूलो क्षति बेहोर्दै आएका कुतियावकरबासीहरू यस पटकको रेकर्ड ब्रेक गर्ने गरि आएको वर्षापछि आएको बाढीबाट नराम्ररी प्रभावित भएका थिए।

About Surendra Jairu

Check Also

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरोको घटनाप्रति दुख प्रकट

नयाँ दिल्ली, 2 अक्टोबर 2024 अखिल भारत नेपाली एकता मंच केन्द्रिय समिती भारतले नेपालमा हालै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *