Breaking News

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र उत्थानशील युवा सञ्जालको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाले “दिगो विकासका लागि जलवायु परिवर्तन न्युनीकरणमा युवाको भुमिका” विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो।

वक्तृत्वकला प्रतियोगितामा नगरपालिका भित्रका ७ विद्यालयका १३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा लक्ष्मी मावि कक्षा १२ का छात्र सुरज कुमार रोकाया प्रथम भएका थिए। त्यस्तै शारदा सरस्वती मावि कक्षा १२ का विशाल गिरी द्वितीय, युनिक सनराईजकी मोनालिसा तिवारी तृतीय भएकी थिईन भने, ध्रुवतारा पब्लिक स्कूलकी नेहा साउँदले सान्त्वना स्थान प्राप्त गरेकी थिईन।  प्रतियोगतिमा प्रथम स्थान हासिल गर्ने सुरज कुमार रोकायाले प्रमाण पत्र सहित नगद रू ७ हजार प्राप्त गरे। त्यस्तै दोस्रो स्थान हासिल गर्ने विशाल गिरीले प्रमाण पत्र सहित नगद रू ५ हजार ५ सय प्राप्त गरेका थिए। यसैगरि तेस्रो स्थान हासिल गर्ने मोनालिसा तिवारीले प्रमाण पत्र सहित नगद रू ४ हजार प्राप्त गरिन् भने, चौथो स्थान हासिल गरेकी नेहा साउँदले प्रमाण पत्र सहित नगद रू २ हजार ५ सय प्राप्त गरिन।

दोधारा चाँदनी नगरपालिकाका उप-प्रमुख गंगादेवी जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दोधारा चाँदनी नगरपालिका स्तरीय युवा सञ्जालका सचिव लक्ष्मी भट्टले गर्नुभएको थियो। कार्यक्रममा सहभागी विद्यालयका शिक्षक/शिक्षिकाहरू, दोधारा चाँदनी नगरपालिकाका कर्मचारीहरू, उत्थानशील युवा सञ्जालका सदस्यहरू साथै एनएनएसडब्ल्यूएका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

हरेक वर्ष अगष्ट महिनाको १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ। “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि” भन्ने मुल नाराका साथ यस वर्ष २५ ‌औँ अन्तर्राष्ट्रिय युवा दिवसको मनाईएको हो।  

About Surendra Jairu

Check Also

एनएनएसडब्ल्यूएद्वारा पुनर्वासका किसानहरूलाई सिचाईका लागि मोटर वितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *