Breaking News

महेन्द्रनगरबाट हिँडेको बस कपिलवस्तुमा दुर्घटना, १० को मृत्यु

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित बस कपिलवस्तुमा दुर्घटना हुँदा 10 जनाको मृत्यु भएको छ। दुर्घटनामा 30 जना घाइते भएका छन ।  कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान छन् ।

त्यस्तै भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्टको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका-२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका-९ बिसफाँटा बस्ने बिमला देवी भट्टको पहिचान खुलेको छ ।

राति १ बजे महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल पठाइएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

About globalgorkhatimes.com

Check Also

बलम्बुमा महालक्ष्मी जात्रा शुरु (फोटोफिचर)

12 नोभेम्बर 2024, काठमाण्डौ चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा शुरु भएको छ । बलम्बु महालक्ष्मी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *