Breaking News

दोधारा चाँदनीका बाढी प्रभावित परिवारलाई आईएमई मार्फत नगद सहयोग

दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद तथा खाद्यान्न सहयोग गरिएको छ। गत असार २२ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित भएका दोधारा चाँदनी नगरपालिकाका ८३ परिवारलाई प्रति घरपरिवार आईएमई मार्फत रू. ७ हजार ५ सय र खाद्यान्न सहयोग गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभयो।

दोधारा चाँदनी नगरपालिकासँग समन्वय तथा सहकार्य गरि अक्सफाम र निड्स नेपालको विपद् प्रतिकार्यको लागी शीघ्र लाभ परियोजनाअन्तर्गत ८३ परिवारलाई प्रति घरपरिवार आईएमई मार्फत रू. ७ हजार ५ सय र खाद्यान्न सहयोग गरिएको छ। यस अघि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुरले बाढीबाट पूर्ण क्षती भएका परिवारलाई आईएमई मार्फत प्रति घरपरिवार रू. ७ हजार ५ सय नगद रकम हस्तान्तरण गरेको थियो। बाढीबाट पूर्ण क्षती भएका घरपरिवारलाई प्रति घरपरिवार रू. १५ हजार दिने केही दिन अघि गरिएको कार्यपालिकाको निर्णय अनुसार निड्स नेपाल कञ्चनपुर र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सँग समन्वय गरि उक्त रकम वितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो। दोधारा चाँदनी नगरपालिकाको बाढीको अत्यन्तै जोखिममा रहेको पटराखल्ला बस्तीमा निड्स नेपालले निकै राम्रो काम गर्दै आएको उहाँले बताउनुभएको छ। पटरा खल्लामा निड्स नेपाल कञ्चनपुरले स्थानियबासीको आर्थिक पार्जनको लागि विभिन्न कार्यक्रम गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो।

बाढीबाट पूर्ण क्षती भएको घर परिवारलाई बहु–प्रयोजनका लागि आईएमई मार्फत प्रति घरपरिवार रू. ७ हजार ५ सय र खाद्यान्न सहयोग गरिएको निड्स नेपालको विपद् प्रतिकार्यको लागी शीघ्र लाभ परियोजना फोकल पर्सन बिनोद कडाराले बताउनुभयो। गत असार २२ गते देखि २५ गते सम्म रकर्ड ब्रेक गर्ने गरि आएको अविरल वर्षा संग बाढीले पुर्ण क्षती भएका घरपरिवारलाई आईएमई मार्फत नगद रकम रु. ७ हजार ५ सय र चामल, खानेतेल, चिनी, दाल, नुन सर्वोत्तम पिठो लगाएत खाद्यान्न सहयोग गरिएको निड्स नेपालको विपद् प्रतिकार्यको लागी सिघ्र लाभ परियोजनाका फोकल पर्सन बिनोद कडाराले बताउनुभएको छ।

दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले पिडामा रहेको बाढी पिडितहरुलाई नगद तथा खाद्यान्न सहयोग गरेकोमा निड्स नेपाललाई धन्यबाद दिनुभएको छ। दोधारा चाँदनी नगरपालिका क्षेत्रमा विपद् परेको बेला निड्स नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगायतका संस्थाहरुले ठुलो सहयोग गर्दै आएको उहाँले बताउनुभयो।

About Surendra Jairu

Check Also

कुतियाकवर बस्ती महाकाली नदीमा समाहित हुने सन्त्रास, वर्षेनीको कटानीले जमिन मासिदैँ

पप्पु गुरूङ्ग/दोधाराः विगतका दिनहरूमा कुतियाकवरलगायतका क्षेत्रमा उत्पादन हुने परवल साथै अन्य तरकारी भारतका विभिन्न शहरहरूमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *