Breaking News

७ वर्षदेखि हराएका झापाका कुमार सुनारको खोजीको प्रयास

हिमाचल प्रदेश, 21 फरवरी 2024                                            भारतको हिमाचल प्रदेशमा रोजगारीका लागि गएका झापाका कुमार सुनारलाई खोजीदिन परिवारले आग्रह गरेको छ । कन्कई नगरी पालिका वडा ८ लक्ष्मीपुर प्रहरी चौकी भितामोड जिल्ला झापा नेपालका चन्द्र केशर सुनार र कमला देवी सुनारका छोरा कुमार सुनार ( २९ वर्ष ) ७ वर्षअघि गाँउकै साथी किरण राईसँग भारतको हिमाचल प्रदेश शिम्ला जिल्ला बागिसिक्टा गाँउमा, देविराम साहुजीको घरमा काम गर्न गएका थिए । केही वर्ष एक साथ काम गरेर नोभेम्बर 2016 मा घर जान दुवै जना हिमाचल प्रदेश देखी कर्नाल रेल्वे स्टेशन हरियाणा सम्म आएको र हरियाणा रेल्वे स्टेशनबाट हराएका थिए । त्यतिबेला बिभिन्न ठाउँ र पुलिस थानामा रिपोर्ट लेखाएर खोज तलाश गर्दा पनि आज सम्म कुनै सम्पर्क वा घरमा न आएकोले वृद्ध बुबा ,आमा ,दाजु, भाई दिदी ,बहिनीहरू चिन्ता गरेर घर फर्किएर आउछन भनि बाटो हेरी रहेका छन। साथै तपाईहरु कसैले यस ब्याक्तीलाई कहीं भेटनु अथवा देख्नु भएको भए कृपया फोन नंबर +977 9817032831( ललिता विश्वकर्मा ,झापा नेपाल ) +91 9007587748 ( राधिका लखान्दी सुनार, कोलकाता ) + 91 8582894910 गुन्ज दाश श्रेष्ठ, सभापति, श्री श्री जानकी माता नेपाली धार्मिक संघ, कोलकाता 228/1/3 गोपाल लाल टैगोर रोड मलिक कलोनी बरानगर कोलकाता 700036 पश्चिम बंगाल भारत अथवा उपरोक्त ठेगानामा सम्पर्क गर्न हार्दिक आग्रह गर्दछौं ।

About globalgorkhatimes.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *