Breaking News

ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान

काठमाण्डौ, 2 अप्रिल 2025

राजश्व अनुसन्धान विभागले चीनतर्फ निकासी हुन लागेका २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पत्ता लगाएको छ । २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा (अमेरिकी डलर र युरो) मालिक पहिचान भएको हो । विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ स्थायी घर भइ हाल टोखा नगरपालिका–१०, महादेवटार बस्ने नारायण पौडेलको रहेको खुलेको हो । मोबाइल कल, पैसा बोकेको गाडीको मुमेन्ट, गोप्य स्रोतबाट आएका सूचनाका आधारमा मुख्य मालिक पहिचान गरिएको विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले बताए । उनी हाल फरार छन् । उनलाई पक्राउ गर्नका लागि अदालतबाट आइतबार नै पुर्जी समेत जारी भइसकेको घिमिरेले बताए । विभागले उनको काठमाडौंमा रहेको घर लगायतका ठाउँमा खानतलासी पनि गरेको छ । कपडा किन्न भन्दै चीन हिँडेको ना ७ ख १६५२ नम्बरको ट्रक र विदेशी मुद्रासहित गाडीधनी समेत रहेका चालक ‘फुच्चे’ भनिने कुसाङ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ४ मा टोखाबाट पक्राउ गरेर राजस्व अनुसन्धान विभागमा बुझाएको थियो । चालक बस्ने क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई भित्रपट्टि लुकाएर राखिएको अवस्थामा अमेरिकी र युरो मुद्रा बरामद भएको थियो ।

About globalgorkhatimes.com

Check Also

नीति तथा कार्यक्रममा कृषि र विपद् व्यवस्थापनलाई प्राथमिकता दिन दोधारा चाँदनीमा संयुक्त ज्ञापन

कञ्चनपुरः स्थानीय विपद् व्यवस्थापन समिति र कृषि समूहहरूले आगामी वर्षको नीति तथा कार्यक्रममा विपद् व्यवस्थापन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *