हरियाणा/ 6 नोभेम्बर 2024 , प्रवासी नेपाली संघ भारतको हरियाणा राजस्थान संयुक्त राज्य समिति अंतर्गत पर्ने धारूहेड़ा भिवाड़ी नगर समितिको आयोजनामा बडो धुमधामले देउसी भैलो खेलिएको छ । केन्द्रीय समिति सदस्य शान्ति गुरुङ, हरियाणा राजस्थान संयुक्त राज्य समिति सह सचिव रवि गुरुङ, सोही समितिका सदस्य सोनम गुरुङको नेतृत्वमा 31 अक्टोबर 2024 देखी २ नोभेम्बर 2024 सम्म 3 दिन कापड़ीवाश, मालपुरा, ढाणी, हाऊसिंग बोर्ड सेक्टर 6, ओम नगर, भिवाड़ी नगलिया, नीलम चौक, भिवाड़ी बाई पास, धारूहेड़ा हवेली, बास रोड संतोष कालोनीमा हरेक नेपालीहरुको घर दैलोंमा पुगेर प्रवासी नेपाली संघ भारत धारूहेड़ा भिवाड़ी नगर समितिले देऊसी भैलो कार्यक्रम धूमधामसँग मनाएको हो । परदेशमा नेपाली धर्म संस्कृतिलाई बचाएर राख्न परदेशमा हुर्किरहेका नेपाली सन्तानलाई आफ्नो चाडपर्वका चलनहरु सिकाउनका लागि पनि प्रत्येक नेपालीको घर-घर पुगेर देउसी भैलो खेलेको धारुहेडा नगरसमितिले जनाएको छ ।
परदेशको भूमिमा नेपाली देउसी भैलो देखेर नेपालीका साथै स्थानीय भारतीयहरुले पनि निकै आनन्द लिएका थिए ।