आगामी तीन दिन मध्यम वर्षाको सम्भावना

काठमाण्डौँः आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभरको मौसम आंशिकदेखि पूर्ण रुपमा बदली हुनेछ। मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्यप्रदेश आसपासमा न्यून चापीय प्रणाली बनेकाले नेपालमा मौसम बदली हुनुका साथै वर्षा भएको हो।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार यस प्रणालीले विशेषगरी मध्य नेपालमा अन्य क्षेत्रको भन्दा बढी पानी पार्ने सम्भावना रहन्छ। राति कोशी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मध्यम वर्षा हुनेछ भने बाँकी भू–भागमा हल्का वर्षाको सम्भावना छ। भोलि दिउँसो बागमती, गण्डकीमा मध्यम वर्षा हुनेछ। शनिबार राति गण्डकी, लुम्बिनी र मधेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा मध्यम वर्षा हुनेछ। राति भने कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम र बाँकी प्रदेशमा हल्का वर्षाको सम्भावना छ।

अब मनसुनको अन्तिम महिना भएका कारणले झरी नै पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीको भनाइ छ। नेपालमा मनसुन जेठ ३१ गते प्रवेश गरेको थियो । मनसुन आगामी असोज १५ गतेसम्म जारी रहनेछ।

About Surendra Jairu

Check Also

सुदूरपश्चिम प्रदेशका गेज रिडर तथा मौसम अवलोकनकर्तालाई पूर्वसूचना क्षमता अभिवृद्धि तालिम

कैलालीः सुदूरपश्चिम प्रदेशका गेज रिडर तथा मौसम अवलोकनकर्तालाई पूर्वसूचना क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *